
काठमाडौं, मंसिर २६ ।
नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २२ गतेको निर्णयअनुसार सहायक रथी लिला बहादुर खनाल क्षेत्री उपरथी दर्जामा विशेष बढुवा भएपछि प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उनीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जङ्गी अड्डामा आयोजित विशेष समारोहमा सेनापतिले आज चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा सहायक रथी तथा महासेनानी दर्जामा पदोन्नति भएका एक–एक जना महासेनानी र प्रमुख सेनानीलाई पनि प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, उच्च अधिकृत तथा पदोन्नति प्राप्त अधिकृतहरूको परिवारजनको उपस्थितिले वातावरण गरिमामय बनेको थियो।





