रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न



सुर्खेत । श्री उत्तर पश्चिम पृतना हे.क्वा., सुर्खेतमा सञ्चालन भएको ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ (Defence Correspondent Orientation Programme–DCOP) २०८२ मङ्सिर ८ गतेदेखि सुरु भई मङ्सिर ११ गते सोमबार सम्पन्न भएको छ।

कार्यक्रमको समापन समारोहमा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दीपेश जंग शाहले सहभागी २४ जना सञ्चारकर्मीलाई बधाईसहित प्रमाणपत्र प्रदान गरे। साथै, पृतनाको जिम्मेवारी क्षेत्रभित्र लामो समयदेखि नेपाली सेनाको रेडियो कार्यक्रम प्रसारण गर्दै आएका ९ वटा एफएम रेडियो स्टेशनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत नगद प्रोत्साहन तथा कदरपत्र प्रदान गरिएको थियो।

अभिमुखीकरण अवधिमा सञ्चारकर्मीहरूलाई नेपाली सेनाका विविध गतिविधि, विपद् व्यवस्थापन, समसामयिक विषय तथा स्थलगत अध्ययन भ्रमणमार्फत विस्तृत जानकारी प्रदान गरिएको थियो। यसले देशभरका सञ्चारकर्मीलाई सेना–सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा थप सहजता र स्पष्टता मिल्ने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्