
सुर्खेत। उत्तर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत रहेका जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत २४ जना सञ्चारकर्मीको सहभागितामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ (Defence Correspondent Orientation Programme–DCOP) आज २०८२ मंसिर ८ गतेबाट श्री उत्तर पश्चिम पृतना मुख्यालय, सुर्खेतमा प्रारम्भ भएको छ।
कार्यक्रम उद्घाटन गर्दै उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेश जंग शाहले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे।
चार दिनसम्म चल्ने यस अभिमुखीकरणमा नेपाली सेनाको संगठनात्मक संरचना, भूमिका र प्रमुख जिम्मेवारीबारे जानकारीमूलक प्रस्तुतीकरण गरिनेछ। साथै विपद् व्यवस्थापन, प्रतिकार्य तथा समसामयिक विषयहरूमा समेत अन्तरक्रिया गर्ने व्यवस्था गरिएको छ।





