प्राङ्ग विवाक जर्नल–२०८२ सार्वजनिक




काठमाडौं, कात्तिक २१ गते।

नेपाली सेनाले आज जंगी अड्डामा एक विशेष समारोहबीच ‘प्राङ्ग विवाक जर्नल–२०८२’ सार्वजनिक गरेको छ। सो समारोहमा सम्माननीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राणा तथा प्रधान सेनापति प्रभु राम शर्मा उपस्थित थिए।

सेनाको प्राङ्ग विवाक स्थापना दिवसको ६३औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा उल्लेखनीय योगदान पु¥याउने पूर्व सदस्य तथा पूर्व रक्षा सचिव श्री रामबहादुर थापा (हाल गृहमन्त्री) लाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा माननीय न्यायाधीशहरू, नेपाल सरकारका सचिवहरू, नेपाली सेनाका वरिष्ठ अधिकृतहरू तथा अन्य अधिकारीहरूको सहभागिता रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्