
काठमाडौँ । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले रथी पदमा पदोन्नति भएका उपरथी गणेशकुमार श्रेष्ठलाई रथी दर्जाको चिन्ह प्रदान गरेका छन् । पदोन्नति कार्यक्रम आज कात्तिक २ गते नेपाली सेनाको मुख्यालयमा सम्पन्न भएको हो ।

नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयअनुसार श्रेष्ठलाई २०८२ असोज ३० गतेदेखि रथी पदमा पदोन्नति गरिएको थियो । पदोन्नतिसँगै उनी बलाध्यक्ष पदमा नियुक्त भएका छन् ।
दर्ज्यानी चिन्ह प्रदान समारोहमा रथीवृन्द, अन्य अधिकृतहरू तथा पदोन्नति प्राप्त रथी श्रेष्ठका परिवारजनको समेत उपस्थिती रहेको थियो ।





