पर्सा प्रहरीद्वारा ६७ युनिट रगत संकलन



वीरगञ्ज । ७०औं नेपाल प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जिल्लामा रगतको अभाव न्यूनीकरण गरी समुदायमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा ६७ युनिट रगत संकलन गरिएको हो । उक्त कार्यक्रम नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

कार्यक्रमको शुभारम्भ नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर गरेका थिए ।

प्रहरी दिवसलाई विविध सामाजिक सेवा कार्यक्रममार्फत मनाइँदै आएको उल्लेख गर्दै प्रहरी प्रमुख पाठकले भने, “बुधबार विभिन्न धार्मिकस्थलमा सरसफाइ अभियान सञ्चालन गर्‍यौँ, आज रक्तदान कार्यक्रम सम्पन्न गरेका छौँ, भोलि प्रहरी दिवसको मुख्य कार्यक्रम गर्ने तयारी छ ।”

प्रतिक्रिया दिनुहोस्