रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न



इटहरी । श्री पूर्वी पृतना मुख्यालय, इटहरीमा सञ्चालन गरिएको “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। मिति २०८२ असोज २७ गतेदेखि सञ्चालनमा आएको उक्त कार्यक्रम असोज ३० गते औपचारिक रूपमा समापन गरिएको हो।

समापन समारोहका प्रमुख अतिथि पूर्वी पृतनाका पृतनापति उपरथी श्री गौरव कुमार के.सी.ले कार्यक्रम सफलतापूर्वक पूरा गरेका सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभयो। सो अवसरमा नेपाली सैनिक रेडियो कार्यक्रम निरन्तर प्रसारण गर्दै आएका पृतनाको कार्यक्षेत्रभित्रका १३ वटा एफएम रेडियो स्टेसनलाई नगद पुरस्कार र कदरपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नेपाली सेनाका विविध कार्यक्षेत्र, विपद् प्रतिकार्य, तथा समसामयिक विषयमा जानकारी प्राप्त गर्नुका साथै स्थलगत अध्ययन भ्रमणसमेत गरेका थिए। नेपाली सेनाले यस किसिमको अभिमुखीकरणले सञ्चारकर्मीहरूलाई सेनासम्बन्धी समाचार सङ्कलन र सम्प्रेषणमा थप सहजता र स्पष्टता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्