
काठमाडौँ । मिति २०८२ साउन २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी तोडफोड तथा आगजनीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने सम्राट भन्ने राजु परियारलाई प्रहरी टोलीले असोज २८ गते पक्राउ गरेको हो । उनी सिंहदरबारको मुख्य गेट अगाडीसहितका विभिन्न स्थानमा Self Loading Rifle (SLR) बोकेर सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी क्षति पुर्याएको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार परियारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम ‘आपराधिक उपद्रव गर्न नहुने’ सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रहरीले जनाएको छ, परियार यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसूर र ठगी जस्ता आपराधिक गतिविधिमा संलग्न रहिसकेको तथ्य खुलेको छ ।





