
इटहरी । पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका विभिन्न जिल्लाका सञ्चार माध्यममा आबद्ध २३ जना सञ्चारकर्मीको सहभागितामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)’ आज श्री पूर्वी पृतना मुख्यालय, इटहरीमा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरव कुमार के.सी.ले सहभागी सञ्चारकर्मीलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
चार दिनसम्म सञ्चालन हुने यो अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिहरूका बारेमा जानकारीमूलक प्रस्तुति दिइनेछ । साथै, विपद् व्यवस्थापन तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ ।







