
हेटौँडा, भदौ २१ । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले हेटौँडास्थित श्री मध्य पृतना हेडक्वार्टर तथा मकवानपुरको चनवनस्थित श्री नं. ७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।

प्रधान सेनापतिले भदौ २० गते मध्य पृतना हेडक्वार्टर पुगेर जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभयो । सो अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्दै सैनिक जिम्मेवारी निर्वाहमा सतर्कता र अनुशासनको महत्वप्रति जोड दिनुभयो ।
त्यसैगरी भदौ २१ गते मकवानपुरको चनवनस्थित श्री नं. ७ बाहिनी अड्डाको पनि निरीक्षण भ्रमण गरी त्यहाँको अवस्थाबारे जानकारी लिनु भएको नेपाली सेनाले जनाएको छ ।







