नेशनल लघुवित्त नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आवद्ध



काठमाडौं, असार ३० ।
नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ। यस योजनाअन्तर्गत लघुवित्तमा कार्यरत करिब ६ सय कर्मचारी सहभागी हुने भएका छन्।

यस सम्बन्धमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा संगठित संस्था तथा ती संस्थाका कर्मचारीहरू योगदान वा गैर-योगदान प्रणालीमार्फत सहभागी हुन सक्ने व्यवस्था छ। सोही आधारमा ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त संस्था नेशनल लघुवित्त उक्त योजनामा आबद्ध भएको हो।

नेशनल लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लाका २ लाख ४१ हजार घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्