नागरिक लगानी कोष र हिमालयन बैंकबीच एफपिओ सेयर प्रत्याभूति सम्झौता



काठमाडौं, असार ८

नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडद्वारा प्रस्तावित थप सार्वजनिक निष्कासन (एफपिओ) सेयरको प्रत्याभूति गर्ने भएको छ।

यस सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाबीच हस्ताक्षर भएको हो।

सम्झौता अनुसार कोषले बैंकद्वारा जारी गरिने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति गर्नेछ। यो प्रत्याभूति सम्झौता मिति लागू भएदेखि तीन महिनासम्म प्रभावकारी रहने छ।

प्रतिक्रिया दिनुहोस्