२५ केजी २५० ग्राम अवैध गाँजासहित भारतीय नागरिक पक्राउ



मोरङ, असार २३ गते —
मोरङको धनपालथान गाउँपालिका–२ पैटामस्थित प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको एक भारतीय मोटरसाइकल चालकलाई गाँजासहित पक्राउ गरेको छ।

२०८२ असार २३ गते राति करिब ८:३० बजे BR38Q 5686 नम्बरको भारतीय सुपर स्प्लेंडर मोटरसाइकललाई शंका लागी रोकि चेकजाँच गर्दा चालकले बोकेको जेब्रा प्रिन्टको प्लास्टिक झोलाभित्र २५ केजी २५० ग्राम अवैध लागू औषध गाँजा फेला परेको हो।

पक्राउ परेका व्यक्ति भारत, अररिया जिल्लाको पहुँसी ग्राम पंचायत–२ निवासी २२ वर्षीय मोहम्मद ईर्साद रहेका छन्। उनलाई मोटरसाइकल र बरामद गाँजासहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति:

  • नाम: मोहम्मद ईर्साद
  • उमेर: २२ वर्ष
  • ठेगाना: अररिया जिल्ला, पहुँसी ग्राम पंचायत–२, भारत

बरामद सामग्री:

  • अवैध गाँजा: २५ केजी २५० ग्राम
  • मोटरसाइकल: भारतीय नम्बर प्लेट BR38Q 5686, सुपर स्प्लेंडर, थान–१
प्रतिक्रिया दिनुहोस्