प्रधान न्यायाधीशको नेतृत्वमा सैनिक विशेष अदालतको निरीक्षण भ्रमण सम्पन्न



काठमाडौँ, असार १२ – न्यायिक निकायहरूको नियमित निरीक्षणको क्रममा आज सर्वोच्च अदालतबाट सैनिक विशेष अदालतको निरीक्षण भ्रमण सम्पन्न भएको छ। निरीक्षण टोलीको नेतृत्व सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतले गर्नुभएको थियो।

जंगी अड्डास्थित सैनिक विशेष अदालतमा पुगेर त्यहाँ सञ्चालन भइरहेका गतिविधिबारे जानकारी लिँदै प्रधान न्यायाधीश राउतले सैनिक न्याय प्रणालीमा संलग्न निकायलाई आवश्यक निर्देशन समेत दिनुभएको छ। भ्रमणका क्रममा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले निरीक्षण टोलीलाई स्वागत गर्नुभएको थियो।

उक्त कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश माननीय श्री लाल बहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष माननीय न्यायाधीश श्री लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार श्री बिमल पौडेललगायत पदाधिकारी, रथीवृन्द तथा अधिकृतहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्