नेपाली शान्ति सैनिकहरूको अदलीबदली



काठमाडौं, असार २

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ खटिएको संयुक्त राष्ट्रसंघीय अस्थायी सुरक्षा बल (UNISFA) अन्तर्गतको फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) तेस्रो डफ्फाका ६७ जना नेपाली शान्ति सैनिकहरू आज स्वदेश फर्किएका छन्। उनीहरूलाई सह-सेनानी भोला कुमार कार्कीले नेतृत्व गरेका थिए।

यसअघि, उक्त तेस्रो डफ्फाको स्थानमा खटिन फोर्स हे.क्वा. सपोर्ट युनिट चौथो डफ्फाका ७७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा २०८२ जेठ ३० गते UN Chartered Flight मार्फत मिसन क्षेत्रतर्फ प्रस्थान गरिसकेका थिए।

हाल सो मिसनमा १०७ जना नेपाली शान्ति सैनिक कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्