
काठमाडौं, जेठ २०
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाको लागि लिवियामा खटिएको नेपाली शान्ति सेना “श्री स्पेसल गार्ड युनिट” अन्तर्गत सैनिकहरूको नियमित अदलीबदली गरिएको छ।
शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसन United Nations Support Mission in Libya (UNSMIL) मा तैनाथ श्री भगवती प्रसाद गुल्म (छैटौँ डफ्फा) लाई प्रतिस्थापन गर्न श्री नयाँ भैरवीदल गुल्म (सातौँ डफ्फा) का ११५ जना शान्ति सैनिकहरूको अन्तिम टोली जेठ १९ गते सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा मिसन क्षेत्रमा प्रस्थान गरेको हो।

उता, लिवियामा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका ११५ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा आज मिति २०८२ जेठ २० गते स्वदेश फर्किएका छन्।
हाल लिवियास्थित उक्त मिसनमा नेपाली सेनाका जम्मा २३२ जना शान्ति सैनिक खटिएका छन्।