
काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । यो सँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।
यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरी स्रोतका अनुसार, यो सधैं बन्द रहने नाका भएपनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरु आवतजावत गर्ने गरेका छन् ।





