२ जनाको ४ जिपिए, औषत जिपिए ३.९३ सहित प्रशान्ति एकेडेमीको नतिजा काठमाडौंमै उत्कृष्ट



काठमाडौं । बुढानीलकण्ठ–१२, कपनमा अवस्थित प्रशान्ति एकेडेमीले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा अत्यन्तै उत्कृष्ट नतिजा प्राप्त गर्दै राजधानीकै अग्रणी शैक्षिक संस्थामध्ये स्थान बनाउन सफल भएको छ।

विद्यालयका १३ जना विद्यार्थीहरूमध्ये दुई जनाले ४:०० जिपिए ल्याएका छन् भने बाँकी सबैले ए प्लस (A+) ग्रेड ल्याएका छन्। विद्यार्थीहरूको औसत जिपिए (GPA 3.93) रहेको छ। यस नतिजाले प्रशान्ति एकेडेमीलाई केवल बुढानीलकण्ठ नगरपालिका भित्र मात्र होईन, काठमाडौं जिल्लाभरकै प्रतिस्पर्धात्मक र अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित गरेको छ।

समर्पित सिकाई वातावरण
विद्यालयले विद्यार्थी–मैत्री, अनुशासित र प्रेरणादायक सिकाइ वातावरण निर्माण गर्दै आएको छ। प्रयोगात्मक शिक्षा, अतिरिक्त कक्षा, ICT आधारित पठनपाठन, मूल्यांकन प्रणालीमा सुधारजस्ता उपायले सिकाइमा गुणात्मक परिवर्तन ल्याएको विद्यालयको दाबी छ।

नतिजाको श्रेय शिक्षक, अभिभावक र व्यवस्थापनलाई
विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई नियमित परामर्श, अभ्यास, विशेष ध्यान र मनोवैज्ञानिक सहयोग प्रदान गर्दै आएका थिए। अभिभावकहरूले पनि निरन्तर साथ दिँदै बालबालिकाको शिक्षामा सक्रिय भूमिका खेलेका छन्।
विद्यालय व्यवस्थापनका अनुसार यस नतिजाको श्रेय विद्यार्थीहरूको परिश्रम, शिक्षकहरूको समर्पण, अभिभावकहरूको साथ र व्यवस्थापनको निरन्तर प्रयासलाई जान्छ।

सुलभ शुल्क, स्तरीय शिक्षा
अत्यधिक शुल्क नलिइकन सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रशान्ति एकेडेमीले गुणस्तर र पहुँचबीचको सन्तुलन कायम राख्दै आएको छ। विद्यालयले शिक्षालाई सबै वर्गका विद्यार्थीको पहुँचभित्र ल्याउन सफल भएको बताइएको छ।

“प्रतिस्पर्धात्मक नतिजाले हाम्रो दृष्टिकोण र विधि सही रहेको पुष्टि गर्‍यो”
विद्यालय प्रशासनका अनुसार “SEE २०८१ को नतिजाले हामीले लिएको शिक्षण पद्धति, मूल्यांकन विधि र व्यवस्थापन प्रणाली सही रहेको पुष्टि भएको छ। आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्ने लक्ष्यसहित अघि बढिरहेका छौं।” खुशी हुँदै विद्यालयका संस्थापक अध्यक्ष मुरारीप्रसाद भण्डारीले भने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय परिवारलाई हार्दिक बधाई! यस ऐतिहासिक सफलताले प्रशान्ति एकेडेमीलाई काठमाडौं जिल्लाकै अग्रणी शैक्षिक संस्थाको सूचीमा उभ्याएको छ।

प्रतिक्रिया दिनुहोस्