पहिलो पटक एसईईमा सहभागी गोन्पा विद्यालयले ताप्लेजुङमै उत्कृष्ट ल्यायो



काठमाडौँ । ताप्लेजुङ्ग जिल्ला फुङलिङ नगरपलिका ९ हाङदेवा बुमकुलुङमा रहको श्री साङक देछ्योलिङ गोन्पा विद्यालय जिल्लामै उत्कृष्ट नतिजा निकालेको छ । पहिलो पटक २०८१ सालको एसईई परीक्षामा सहभागी भएका ११ जना विद्यार्थीहरु मध्ये शतप्रतिशत उत्तीर्ण भएका छन्।

उक्त विद्यालयबाट लाके शेर्पाले जिल्लामै उत्कृष्ट ३.९१ जिपिए प्राप्त गरे, त्यसैगरी सोहि विद्यालयका प्रितम गुरुङ ३. जिपिए सहित जिल्ला दितीय भएका छन् ।

विद्यालयको उद्देश्य दया,माया र करुणा सहितको शिक्षा प्रदान गरि नैतिकवान जनशक्ति उत्पादन गर्नु हो । ताप्लेजुङको एक मात्र गोन्पा विद्यालयले जिल्ला मै उत्कृष्ट नतिजा ल्याएपछि विद्यालयका सहयोगी तथा सल्लाहकार फुपु छेम्बे शेर्पा ( खेन्पे/गेशे थुप्तेन जिग्डोल)ले विद्यालयका शिक्षक, अभिभावक, स्थानीय सरकार तथा सरोकारवाला सबैमा विशेष दिएको परिवर्तन खबरलाई बताए।

ताप्लेजुङ्ग जिल्लामा ६८ वटा माध्यमिक विद्यालय रहेका छन् । साधारण धारतर्फ यस वर्ष एसईई परीक्षामा एक हजार चार सय १५ जना विद्यार्थी सहभागी मध्ये ६ सय ५० उतिर्ण भएका छन्।

यस वर्ष जिल्लामा ४५.९४ प्रतिशत विद्यार्थी उतिर्ण भएको र ३ विद्यालयमा शुन्य नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुका इकाई प्रमुख योगेश्‍वर भटटराईले बताए।

प्रतिक्रिया दिनुहोस्