अनलाइनमार्फत जुवा खेलाएको आरोपमा बल्छी धुर्वे र राजु मास्टरसहित ८ जना पक्राउ



काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनिने राजु पौडेललगायत ८ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरुलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्