गरिबी निवारण गर्न कर्जा प्रदान गर्दै देव दर्शन



काठमाडौं । काठमाडौँ उपत्यकाको पश्चिमी क्षेत्रमा सबैभन्दा वढी सेयर सदस्य रहेको देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा मुनाफा आर्जन गर्न सफल भएको छ । विसं २०६६ असार ६ गतेदेखि कारोबार थालनी गरेको सो संस्थामा हाल तीन हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन् भने कुल सम्पत्ति रु एक अर्ब १७ करोड ६५ लाखभन्दा माथि पुगेकोे छ ।

कोभिड सङ्क्रमणबाट उत्पन्न आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, तरलता र ब्याजदरलगायत कारण वित्तीय कारोबार गर्ने संस्थाले सन्तोषजनक उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा पनि संस्थाले सो आवमा रु ९६ लाख २० हजार आठ सय २८ मुनाफा कमाएको संस्थाको १४औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सो आवमा आफ्नो कारोबार रु एक अर्ब १७ करोड ६५ लाख ७४ हजार आठ सय ६८ पु¥याएको थियो । आव २०७८/७९ मा सो संस्थाको निक्षेप सङ्कलन रु एक अर्ब छ करोड ५६ लाख २२ हजार र सेयर पुँजी रु चार करोड २७ लाख सात हजार पुगेको जनाइएको छ । प्रतिवेदनमा आव २०७९/८० सेयर पूँजी रु पाँच करोड पु¥याउने, निक्षेप सङ्कलन रु एक अर्ब २७ करोड र कर्जा लगानी रु २१ करोड पु–याउने लक्ष्य लिएको उल्लेख छ ।

राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ काठमाडौँ तथा काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घमा आबद्ध चन्द्रागिरि नगरपालिका–५ स्थित दाउराडिपोमा रहेको सो संस्थाले आफ्ना सेयर सदस्यतलाई रु पाँच हजार सुत्केरी भत्तासमेत प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष रामनारायण घिमिरेका अनुसार निक्षेप सङ्कलनतर्फ नियमित, देव दर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देव दर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् ।

यसैगरी देव दर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, सेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायतका कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्