दलितमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ



काठमाडौं । बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।

त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्।

उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।

प्रतिक्रिया दिनुहोस्