काठमाडौं-४ मा काम गर्ने डा. राजन भट्टराई र स्खलित गगन थापाबीचको चुनावी प्रतिष्पर्धा



काठमाडौं । गत निर्वाचनको परिणामले आगामी निर्वाचनबारे सामान्य लख काट्न सकेपनि विगतका निर्वाचनको आधारमा आउने नतिजा भन्न गाह्रो हुनथालेको छ। अझ काठमाडौं जस्तो सचेत मतदाताले भरिएको शहरमा त गत निर्वाचन जोडघटाउले खासै काम गर्दैन। वैशाख ३० को निर्वाचनपछि काठमाडौं, धरान र धनगढीको नतिजाले धेरैलाई अचम्मित पारेको छ।

युवा परिचालन गरेर काठमाडौंमा स्थापित बनेका बालेन शाह, समाजसेवाबाटै मतदातालाई आफ्नो पक्षमा पार्न सफल धरानका हर्क साम्पाङ्ग वा धनगढीका गोपाल हमाल। फरक भूगोल र पृष्ठभूमि बोकेका तीनै जना प्रमुखहरु मतदाता बीच पारेको फरक छविकै कारण आम अड्कल विपरित नगरप्रमुख बन्न सकें। निर्वाचित तीन मध्ये अहिले पनि धरानका हर्क चर्चा कमाईरहेका छन् भने धनगढी गोपाल गुमनाम हुँदैछन् त काठमाडौंका बालेन ओरालो लाग्दै छन्। स्थानीय तहको निर्वाचन सकिएको १०० दिन नाबितेको कारण उनीहरुले गर्ने कामप्रति वर्तमानमा गरिने अनुमान भविष्यमा गलत पनि सावित हुनसक्छ। तर एउटा कुरा लगभग निश्चित जस्तै छ, त्यो भनेको बालेन शाहले काठमाडौं महानगरपालिकामा दोश्रो कार्यकाल दोहोर्याउन असम्भव प्राय: छ। किनभने न उनीसंगै स्थानीय धरातल छ, न उनले कसैप्रति जिम्मेवार हुनुपर्ने छ। स्वतन्त्र र स्वछन्दताको आरामी यात्रामा नै उनको पाँच वर्षे कार्यकाल केहि उपलब्धि सहित समाप्त हुनेछ। किनभने दलीय व्यवस्थामा स्वतन्त्रहरु लामो समयसम्म अस्तित्व रहनै सक्दैन।

गत संघीय निर्वाचनमा काठमाडौं-४ अन्तर्गत नेकपा एमालेले प्रदेश (ख) मा करिब ३००० मत ल्याएर जित्यो। ख बाटै एमालेकै डा. राजन भट्टराई भने २०० मत कम ल्याए। यसो हुनुमा पार्टी भित्रको अन्तरघात, तत्कालीन नगरप्रमुख उद्दव खरेलको असहयोग र जनताबीचको डा. राजनको कमजोर सम्बन्ध नै प्रमुख कारण हो। अघिल्लो निर्वाचन अभियानको क्रममा डा. राजनले घोषणै गरे,” जितेपनि हारेपनि ५ वर्ष जनताको बीचमै हुनेछु। जनताकै काम गर्नेछु। पार्टी घोषणापत्र कार्यान्यवन गर्न ईमान्दारिताको साथ लाग्नेछु। ”

डा. राजनले चुनाव हारे, पार्टीबाट निर्वाचित प्रदेश सांसद र संघीय सांसद जनताको विकास निर्माणमा गायव हुँदा विकास निर्माणका हरेक कामहरुमा जनप्रतिनिधि र जनताको मागलाई उनै भट्टराईले कार्यान्वयन गरेरै छाडे। त्यसैले अहिले मेलम्ची खानेपानीको पाईपलाईन विस्तार, कपन डुवान नियन्त्रणका लागि निर्माणाधीन कल्भर्ट, कपन क्याम्पस, दर्जनौ पार्कको निर्माणमा आफू क्रियाशील भै रहेँ। जनताको दु:ख सुखमा आफूलाई सहभागी गराई गराउंदै उनै भट्टराई जनताको विकासका सारथी बने। त्यसैले विकास निर्माणको लागि मैतीदेवीका गल्लीहरु देखि कमलपोखरी होस् वा चावहिल मैजुवहाल, गोपीकृष्णदेखि कपनका बाटाहरु हुन् वा खानेपानी। चुनिखेलाको बाटो र खानेपानी मात्र होईन सार्वजनिक पार्कदेखि हरेक ठूला-साना खानेपानीका योजना हुन् वा सडकबाटा राजन भट्टराईको योगदान नभएको टोल नै भेट्न मुश्किल छ।

डा. भट्टराईको व्यक्तिगत सम्पर्क पनि हिजोभन्दा बढेको छ, गफाडी होईन कामकाजी नेता, विकासवादी नेताको रुपमा प्रष्ट छवि बनाएका छन्। खासगरी बूढानीलकण्ठको पार्टी परिचालन र जनप्रतिनिधिको भूमिका विगतभन्दा निर्णायक हुने देखिन्छ भने प्रदेशमा उठ्ने सहयोद्धा समेत बढी सहयोगी र प्रभावी बन्नेछन।

समानुपातिकसम्मको ईतिहास हेर्ने हो भने गगन थापा काठमाडौं-४ मा लगभग १५ वर्ष जितिसकें। १५ वर्षे उपलब्धि मापन गर्दा उनी विवादित स्वास्थ्य मन्त्री भए। स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न नियुक्ति प्रकरणमा उनको नाम आर्थिक लेनदेनमा जोडियो। युवा उद्यमशीलताको हौवा दिँदै राजनीतिक कार्यकर्ताहरुको आफ्नो श्रम र आम्दानीको श्रोत हुनुपर्छ भन्दै आफ्नै समकक्षीसँगको साझेदारीमा राज्यबाट करोडौँको अनुदानमा संचालन गरेको मण्डिखाटारको मासु पसल र ससुराली गाउँको बाख्रा फार्म अनुदान पचाए सगैँ हरायो।

स्वास्थ्य मन्त्री हुनु अघि र पछि सांसद थापाले चलाएको स्वास्थ्य कार्यक्रमले कोभिड संकटमा केहिथान मास्क घरघरै पुर्यायो। भोटर लिष्टमा नाम भए नभएको डाटा संकलन गर्यो। जनताको सेवा भन्दा बेला-बेलामा आफ्ना संदेश प्रवाह गर्ने माध्याम बनायो। चुनावी चर्चासँगै सांसद विकास कोष समेतको करोडौँ खर्चमा चलेका स्वास्थ्य कार्यक्रमको आर्थिक पारदर्शिताप्रति समेत प्रश्न उठ्न थालेको छ। गगन थापाकै क्षेत्र भनेर चिनिने काठमाडौं-४ मा चुनाव हारेका डा. भट्टराईले गरेका १५० भन्दा बढी विकास निर्माणका काम छन् तर तर १५ वर्ष सांसद भएका गगन थापाका १५ वटा पनि देखिने कामहरु छैनन्। डा. राजन भट्टराईले गएको ५ वर्षमा नराम्रो केहि गरेनन्। विकास निर्माणका काममा मात्र आफूलाई केन्द्रित गरे।

विपक्षीको खेदो खन्नु, स्वास्थ्य मन्त्री बन्नु, नेपाली काँग्रेसको महामन्त्री जित्नु र संसदबाट एमसीसी पास गराउनमा निर्णायक भूमिका निर्वाह गर्नु नै सांसद थापाका १५ वर्षे कार्यकालका ४ मुख्य उपलब्धि हुन्। यद्दपी गगन थापा राम्रो वक्ता हुन्। मतदाताहरु बीच उनको सम्पर्क निकै राम्रो छ। विभिन्न पेशा, व्यवसायमा लागेका व्यक्तिहरु मात्र होईन, माडवाडि समुदायको समेत ठूलो आर्थिक श्रोत उनको सचिवालयले पाउने गर्छ। गगन युवाहरुबीचमा निकै लोकप्रिय छन्। हरेक युवालाई उनी “सकेसम्म कम्भिन्स गर्छन, नसके पनि कन्फुज बनाउँछन्।” जसले गर्दा निर्णायक युवा जमात सधैँ उनको पक्षमा खुल्ने गर्छ। युवा परिचालनकै लागि भनेर राज्यकोष र आईएनजीओबाट ल्याएको करोडौँको बजेट मार्फत अहिले सांसद थापा वडावडा र टोलटोलमा नगद सहित रात्रीभोजको आयोजना गरिरहेका छन्।

लाखौ डलर खर्च गरेर संचालन गरेका दर्जनौँ एकाउन्ट मार्फत सामाजिक संजालमा ३० लाख बढी साथीहरु उनको दैनिक सम्पर्कमा छन्। पत्रकारिता पृष्ठभूमिका थापाको सबैजसो मिडियामा राम्रो पक्कड छ। अमेरिकन, युरोपियन र भारतीयहरुको आर्शीवाद कै कारण उनका हरेक चुनावी अभियानमा कुनै किसिमको आर्थिक अभाव नहुने काँग्रेसकै नेताहरु नै बताउँछन्। दर्जनबढी सचिवालयका सदस्य र १०० भन्दा बढी थापाका पेड कार्यकर्ता नै छन्। लोभलाग्दो आईटी टिम उनको लागि दैनिक अनुसन्धानमा व्यस्त हुन्छ।

यद्धपी सचेत र परिवर्तनको चाहना राख्ने काठमाडौंका आम मतदाताहरुमा गगन थापाको प्रभाव स्खलित भएको छ। चुनाव हार्ने डरले आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेको चर्चा काँग्रेस वृतमै छ। उनका गतिविधिलाई नजिकबाट नियालेका जनताले थापाले चुनाव जिते देश बन्छ भन्दा पनि उनले चुनाव जितेभने देश नै बर्वाद हुन्छ भन्ने छलफल गर्न थालेका छन्। विकास निर्माणको काम गरेरै स्थापित हुन् सकिन्छ भन्ने डा. राजनको थेउरी र मिडिया सहित युवा परिचालन गरेरै जितिन्छ भन्ने गगनको थेउरी मध्ये कुन प्रभावकारी हुन्छ भन्ने आगामी संघीय निर्वाचन परिणामले नै देखाउँनेछ।

प्रतिक्रिया दिनुहोस्