भक्तपुरको बिस्का जात्रामा २० जना बढी घाइते



भक्तपुरको बिस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैझगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढा समेत भएको थियो ।

ढुंगामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको, सामान्यदेखि टाँका लगाउनुपर्ने सम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँका लगाउनुपर्ने विरामी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जनाको भने हड्डी नै भाँचिएको छ ।

जात्राको क्रममा सयौ युवाहरु डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झै(झगडा हुने गर्दछ । भक्तपुरको बिस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्