चिनियाँ संस्थाद्वारा बालउद्धार मा.वि.मा पुस्तक तथा स्वास्थ्य सामग्री वितरण



बूढानीलकण्ठ नगरपालिका –१० स्थित बालउद्धार माध्यमिक विद्यालयमा चिनियाँ संस्थाहरुले स्वास्थ्य सामग्री, सु–प्रसिद्ध चिनियाँ लेखक सुयमोद्वारा लेखिएर अंग्रेजी र नेपालीमा अनुवाद भएका लिखित दजनौँ किर्तिहरु वितरण गरेका छन् ।

चाइना च्यारिटि फेडेरेशनका प्रतिनिधिमार्फत वितरित स्वास्थ्य सामाग्रीहरुमा प्लेग्रूप देखि कक्षा ५ सम्मका २३० बालबालिकालाई प्रति विद्यार्थी १ झोला, ५० वटा मास्क, १ दर्जन कलर, १ प्याकेट वेट टिस्यु सहित विवरण पुस्तिका समेत वितरण गरिएको थियो ।

विद्यालयको पुस्तकालयको विकासमा योगदान पुर्याउने उद्येश्यले सु–प्रसिद्ध चिनियाँ लेखक सुयमोद्धारा चिनियाँ भाषामा लेखिएर अंग्रेजी र नेपालीमा अनुवाद गरिएका आधा दर्जन पुस्तकहरुका विभिन्न सेटहरु उपलब्ध गराइएको थियो ।

त्यसैगरी नेपाल थियानली पब्लिकेशन एण्ड कल्चर कम्पनीका प्रतिनिधिमार्फत चिनियाँ भाषामार्फत नेपाली र अंग्रेजीमा अनुवाद गरिएका सयौँ किर्तिहरु हस्तान्तरण गरिएको थियो । यसका साथै कम्पनीले नियमित रुपमा प्रकाशन गर्दै आएको द हिमालयन स्टोरीका विभिन्न संस्करणका प्रतिहरु उपलब्ध गराइएको थियो ।

वितरण तथा हस्तान्तरण समारोहमा रुओन नेपालकी अध्यक्ष गोमादेवी बास्तोला, उपाध्यक्ष उमा घिमिरे, विद्यालयका प्रधानाध्यापक बिनोद पण्डित, सहायक–प्रधानाध्यापक राजनप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । वितरणपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले भने, चिन हाम्रो अत्यन्तै निकट मित्र राष्ट्र हो । नेपालका हरेक दु:खमा चिनियाँ सरकार र त्यहाँका संघसंस्थाहरुले नेपालीहरुलाई सहयोग गरेका छन् । आज वितरित स्वास्थ्य सामाग्रीले हाम्रा विद्यार्थीहरुको स्वास्थ्यमा थोरै भएपनि योगदान पुर्याउने छ । वितरित पुस्तकमार्फत चिनियाँ, साहित्य, विकास, अर्थतन्त्र र राजनीति बुझ्न हाम्रा शिक्षक तथा विद्यार्थीहरुलाई सहयोग पुग्नेछ । यो पुनित कार्यमा सहयोग पुर्याउनु हुने सु–प्रसिद्ध चिनियाँ लेखक सुयमो, चाइना च्यारिटि फेडेरेशन र नेपाल थियानली पब्लिकेशन एण्ड कल्चर कम्पनीप्रति उच्च सम्मान सहित हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ बलियो सहकार्यको अपेक्षा समेत गर्दछु ।

प्रतिक्रिया दिनुहोस्