बेइजिङमा धुम्रपान गर्नेको सङ्ख्या घट्यो



चीनको राजधानी सहर बेइजिङमा धुम्रपान गर्ने मानिसको संख्यामा उल्लेख्य कमी आएको छ। मंगलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्याङ्कअनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धुम्रपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको हो।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार यससँगै बेइजिङमा १५ वर्ष वा सोभन्दा माथिका व्यक्तिमा धुम्रपान दर १९.९ प्रतिशतमा झरेको छ ।

दोस्रो व्यक्तिले गरेको धुम्रपानको कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेस्टुरेन्टमा ४२.५ प्रतिशत रहेकोमा अहिले क्रमशः २३.४ र ३७.३ प्रतिशत कायम भएको तथ्याङ्कमा उल्लेख छ । धुम्रपानले जनस्वास्थ्यमा पार्ने हानिकारक प्रभाव कम गर्न चीनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफ्नो ध्यान केन्द्रित गरेको छ।

बेइजिङमा सन् २०१५ जुन १ देखि सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम अनुसार सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको हो।

प्रतिक्रिया दिनुहोस्