नियोकमा नयाँ नेतृत्व, अध्यक्षमा प्रा. कपिल श्रेष्ठ र महासचिवमा देविका तिमिल्सिना !



राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ( नियोक) को २०७८ असोज २ गते, काठमाडौ, बानेश्वर स्थित अल्फा हाउसको सभाकक्षमा सम्पन्न आठौं वार्षिक साधारणसभाबाट प्रा. कपिल श्रेष्ठ अध्यक्ष र देविका तिमिल्सिना महासचिव रहेको नयाँ कार्यसमिति निर्वाचित भएको छ।

नियोकले देशभरि हुने निर्वाचनहरुको निष्पक्षता र पारदर्शिताबारे नागरिक समाजको तर्फबाट अनुगमन गर्ने गर्छ।

नवनिर्वाचित कार्यसमितिको विवरण :
अध्यक्ष- प्रा. कपिल श्रेष्ठ
उपाध्यक्ष- स्टेला तामाङ
उपाध्यक्ष- प्रा. बिजयकान्त कर्ण
उपाध्यक्ष- तेज बहादुर सुनार
उपाध्यक्ष- रन बहादुर थेवे
उपाध्यक्ष रामकृष्ण काफ्ले
महासचिव- देविकानन्द तिमिल्सिना
उपमहासचिव- अनुराधा जोशी
कोषाध्यक्ष- तेजप्रसाद तिम्सिना

सदस्यहरु:
छत्र बहादुर प्रधान
लक्ष्मण नाथ उप्रेती
उर्मिला यादव
भोला प्रसाद लोहनी

तस्विरमा नियोक साधारण सभा:

प्रतिक्रिया दिनुहोस्