बलिउड अभिनेता सोनू सूदलाई कोरोना संक्रमण



भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो छ । दोस्रो लहरको कोरोना महामारीमा धेरै भारतीय कलाकार संक्रमित भएका छन् । यसैबिच सर्वाधिक चर्चित अभिनेता सोनू सूदमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय मिडिया अनुसार कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला उनी होम क्वारेन्टाइनमा छन् । स्वयम सोनूले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका हुन् । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था केही ठिक रहेको पनि बताएका छन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्ने दर्शकको संख्या बढिरहेको छ । सोनूले आफ्नो शिघ्र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्