एक विद्यार्थीले ट्वीट गर्दै किताब मागेपछि सोनु सूदले भने, ‘ठेगाना पठाउनुस्, म बुक पठाइदिन्छु’



बलिउडका चर्चित अभिनेता सोनु सूदले लकडाउनको समयमा विदेशमा रहेका धेरै भारतीयलाई देश फर्काउन सहयोग गरेका थिए । त्यसपछि  भारतमा उनको चर्चा निकै नै चुलिएको छ ।

अब धेरैलाई समस्यामा परेकाहरुलाई सोनूले सहयोग गर्छन् भन्ने परिसकेको छ । यसैबिच एक विद्यार्थीले ट्वीटरमा सोनुलाई आफूलाई किताबको जरुरत परेको बताएका छन् ।

सोनूले ट्वीटरमार्फत नै ती विद्यार्थीलाई आफ्नो ठेगाना पठाउन आग्रह गरेका छन् । उनले ठेगाना पठाइदिए बुक उनको घरमै आउने बताएका छन् ।

यो ट्वीटले सोनुको थप तारिफ गरिएको छ । उनलाई फ्यानले ‘रियल हिरो’ भनेका छन् । यसअघि पनि सोनुले समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्