एकअर्काको मायामा हराउँदै पूजा र आकाश…



चलचित्रमा खुबै जमेको पूजाआकाशको डिमाण्ड आजभोली म्यूजिक भिडियोमा पनि खुबै हुन थालेको छ । यी दुईले एकसाथ थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । केहीसमय अघि पूजा र आकाशको तस्बिर बोलको गीत रिलिज भएको थियो । उक्त गीतलाई दर्शक श्रोताले असाध्यै रुचाएका थिए ।

तस्बिरको सफलतापछि सोहि टिमले तस्बिर २ लिएर दर्शकमाझ आएको छ । विष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको तस्बिर २–ओ प्रिया बोलको गीतमा निशा कँडेल र अमन प्रधानको आवाज रहेको छ ।

गीतमा पूजा र आकाशबिच प्रगाढ प्रेम देख्न सकिन्छ । यो गीतलाई पनि दर्शकले निकै नै रुचाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्