सकियो पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ को छायांकन, भदौ १८ बाट देशभर प्रदर्शनमा आउँदै



करिब २ बर्ष अगाडिबाट छायांकन सुरु भएको चलचित्र सम्हालिन्छ कहिले मन को अन्ततः अब भने छायांकन पुरा भएको छ । केहीदिन अघि छायांकनको लागि दुबई उडेको चलचित्र टिमले दुबईमा इन्डक्ल्याप गरेको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ ।

यसैविच, निर्माणपक्षले यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी दिएको छ । निर्माणपक्षका अनुसार, यसअगाडि पनि चलचित्रको प्रदर्शन मिति तीजलाई लक्षित गरेर तोकिएको थियो ।

तर, यो बर्ष कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन । यसैले आउँदो बर्ष पनि तीजलाई नै लक्षित गरेर चलचित्रलाई भदौ १८ गते रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्