टिकटकमा भाइरल हुदैँ ‘ए मेरो हजुर ४’ को क्लाइमेक्स दृश्य



दर्शकमाझ सर्वाधिक प्रतिक्षित चलचित्र ए मेरो हजुर ४ आउँदो भदौ १८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको छ । यो चलचित्रको अहिले छायांकन सकिएको छ । तर केहीदिन अघि काठमाडौँको ग्रान्डी अस्पतालमा गरिएको एक सिन लिक भएपछि यतिबेला टिकटकमा खुबै भाइरल भैरहेको छ ।

चलचित्रका निर्माता सुनिल कुमार थापाले यो कुराको गुनासो गरेका छन् । उनले चलचित्रको छायांकनलाई गोप्य राख्नको लागि नै डेढ दर्जन प्राविधिक खटाएको तर त्यति गर्दा गर्दै कसैले कतैबाट भिडियो खिचेर भाइरल बनाइदिएको गुनासो पोखेका छन् । सुनिलले नेपालमा चलचित्र छायांकन गर्नको लागि आफ्नो स्टुडियो नभएकाले यस्तो समस्या निम्तिएको बताएका छन् ।

सार्वजनिक भएको सिनमा अनमोल बिरामीको भूमिकामा देखिएका छन् भने उनको कपाल पनि छोटो छ । अनमोलको यहि लुक्स लुकाउने सुनिलको प्रयास रहेको थियो । तर त्यति गर्दा गर्दै पनि उक्त सिन लिग भएर अहिले निर्माण टिम तनावमा रहेको छ ।

२५ बर्षदेखि यो क्षेत्रमा निरन्तर काम गरिरहँदा पनि स्टुडियो बन्ने छाँटकाँट भने अझै नदेखिएको सुनिलले बताएका छन् । सार्वजनिक भएको सिन चलचित्रको क्वाइमेक्स सिन भएको बताइएको छ ।ए मेरो हजुर ४ मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, दुर्गेश थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्