डुबान समस्या समाधानको लागि डा.राजन भट्टराईको पहलमा ४५ करोडको टेन्डर आव्हान : जनप्रतिनिधि र स्थानीयवासी हर्षित



काठमाडौँ क्षेत्र नं. ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.१०,११,१२ सहित काठमाडौँ महानगरपालिका वडा नं.६ र ७ को खहरे खोला आसपासको क्षेत्र बर्षाको समयमा सधैँ डुबानमा पर्ने समस्या डा. राजन भट्टराईको पहलमा समाधान हुने भएको छ ।

घना र अव्यवस्थित बस्तीका कारण खहरेले ओगटेको क्षेत्रमा पहिले ढल हाल्दा पनि डुबानको समस्या समाधान नभएपछि बूढानीलकण्ठ नगरपालिकाले शहरी बाढी सम्बन्धि विशेषज्ञहरुको सहयोगमा तयार गरेको डिपीआरको आधारमा ४५ करोड बजेट बिनियोजन गर्न सकिएको डा.भट्टराईले परिवर्तन खबरलाई बताए ।

कपन आनिगुम्बा गुरुङ टोलको डुबान समस्या समाधान गर्न नेतृत्व गरेका भट्टराईले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालयको सहयोगमा काठमाडौं उपत्यका विकास प्राधिकरणले हिजो टेन्डर निकालेको हो ।

No description available.
टेन्डर सूचना

परिवर्तन खबरसँगको कुराकानीमा बूढानीकलण्ठ नगरपालिका वडा नं.१० का वडाध्यक्ष नवराज भट्टराईले भने, “निर्वाचित सांसद भाषण गर्न व्यस्त हुदैँ गर्दा डा. राजन भट्टराईले जनताको पक्षमा काम गरेर इमान्दारिता प्रस्तुत गर्नुभएको छ । हामी डुबान क्षेत्रका बासिन्दाहरु डा.भट्टराईको योगदानलाई कहिल्यै भुल्न सक्दैनौँ ।”

यसैगरी बूढानीलकण्ठ ११ का वडाध्यक्ष राजु अधिकारी भन्छन्, ‘सधैँका बर्षहरुमा डुबान क्षेत्रको रुपमा रहेको बूढानीलकण्ठ वडा नं.११ आनिगुम्बा गुरुङ टोलको डुबान समस्या समाधानमा डा. राजन भट्टराईले गरेको योगदानलाई म लगायत स्थानीयवासीहरु मुक्तकण्ठले प्रशंसा गर्दछौँ ।’

बूढानीलकण्ठ नगरपालिका वडा नंं.१२ का वडाध्यक्ष शम्भु भट्टराईले खानेपानी, मोटर बाटो र डुबान नियन्त्रणका लागि डा.राजन भट्टराईले पुर्याएको योगदान यस क्षेत्रका बासिन्दाले बाचुन्जेल नभुल्ने बताए ।

नेकपा बूढानीलकण्ठ १० का अध्यक्ष जगत निरौला भन्छन्, ‘यो देशमा डा. राजन भट्टराई जति विकासको योजना पार्ने कुनै नेतै छैनन् । जित्ने गगन थापाले विकासको लागि सिन्को नभाच्दाँ डा.भट्टराईको योगदानले हामी र हाम्रो पार्टीको छाती गर्वले फुलेको छ । पार्टी सदस्यको तर्फबाट म डा.भट्टराईलाई सलाम गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्