पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउने प्रक्रिया आजबाट सुरु, शिवरात्री अगाडि पूरा गरिने



काठमाडौं।पशुपतिनाथमा विजीको मूर्तिमा एक सय ४१ किलोको सुनको जलहरी राख्ने प्रक्रिया पशुपति क्षेत्र विकास कोषले सुरु गरेको छ । आजबाट पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने प्रक्रिया सुरु भएको हो ।

माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै सुनको जलहरी राख्न सरकारले ३० करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएका थिए। प्रधानमन्त्रीको प्रतिवद्धतासँगै पशुपति क्षेत्र विकास कोषले जलहरी राख्ने प्रक्रिया अगाडि बढाएको थियो।

नेपाली बृहत् शब्दकोशका अनुसार जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो, जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन्।

प्रतिक्रिया दिनुहोस्