प्रहरीमा एसपी बढुवा गर्ने तयारी, १५ पदमा ३४जना प्रतिस्पर्धी



काठमाडौं । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) लाई उपरिक्षक (एसपी) मा बढुवा गर्ने तयारी थालिएको छ । पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बुढुवा गर्न सिफारिस गरेको थियो । एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको छ । पुस २९ मा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापाले अवकास पाएका छन् ।

०४७ माघमा प्रहरी सहायक निरिक्षक (असई) बाट सेवा प्रवेश गरेका विष्ट र थापाको अवकाससँगै खाली पदमा थप दुई जना बढुवा हुँदैछन् । बढुवा गर्नुपर्ने १५ जना एसपी पदमा ३४ जना डिएसपी प्रतिस्पर्धामा छन् । प्रहरी नायव उपरिक्षक सुरेश प्रसाद काफ्ले, श्यामसिहं चौधरी, अमरेन्द्रबहादुर सिंह, सुवासचन्द्र बोहरा, दिलीप घिमिरे र वीरेन्द्र शाही एसपी बढुवाका प्रतिस्पर्धी हुन् ।

उनीहरु ०५८ मा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका थिए । सो व्याचका चक्रराज जोशी, अर्जुनप्रसाद तिमल्सिना, सरोज पौडेल, योगेन्द्रसिंह थापा, सुमन कुमार तिमिल्सिना, ऋषिरमा कँडेल, भुवनेश्वर तिवारी र प्रजित केसी एसपीमा बढुवा हुने प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट कार्यसम्पादन भएका, भ्रष्टाचारमा नमुछिएका र विगतमा कारवाही नभोगेका अधिकृतलाई बढुवा गर्नेगरी तयारी थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्