जातीय छुवाछुत र बालविवाह रोक्न प्रहरीको तीन महिने अभियान



बुटवल । जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेश प्रहरीले तीन महिने अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने छ ।

अभियान आउँदो चैत महिनाको अन्त्यसम्म लुम्बिनी प्रदेशका १२ वटै जिल्ला प्रहरी कार्यालय र ५३ वटा इलाका प्रहरी कार्यालय गरी ६५ वटा प्रहरी कार्यालयबाट सञ्चालन गरिने र यो अभियानको अवधिभर कम्तिमा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।

प्रतिक्रिया दिनुहोस्