रोटरी क्लब अफ पशुपतिद्धारा बाल उद्धार मा.वि.लाई क्यान्टिन फर्निचर सहयोग



रोटरी क्लब अफ पशुपति काठमाडौँको आर्थिक सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नं.१० स्थित बाल उद्धार माध्यमिक विद्यालयको चमेना गृहलाई अत्याधुनिक फर्निचर क्लबका अध्यक्ष शालिकराम अधिकारीले हस्तान्तरण गरेका छन् ।

विद्यालयद्धारा निर्माण गरिएको क्यान्टिनमा क्लबद्धारा दिइएको फर्निचर हस्तान्तरण कार्यक्रमलाई क्लबका अध्यक्ष शालिकराम अधिकारी र रोटरी डिस्ट्रिक ३२९२ का एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदीले गरेका थिए ।

नयाँ क्यान्टिन सञ्चालनपछि विद्यार्थीहरुलाई अत्यन्तै सुविधा पुगेको र विद्यालयको शैक्षिक विकासमा रोटरी क्लब अफ पशुपतिले भविष्यमा समेत सहयोग गर्ने अपेक्षा रहेको विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले बताए ।

नेपाल सरकारद्धारा भर्खरै नमुना विद्यालयको रुपमा छनौट भएको बाल उद्धार माध्यमिक विद्यालयको क्यान्टिन अत्यन्तै साँघुरो हुदाँ करिब १५०० विद्यार्थी अध्ययनरत विद्यालयलाई खाजा खुवाउन अप्ठ्यारो परेको थियो । क्लबका बोर्ड सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद घिमिरेको प्रस्तावमा क्लबका ११ जना सदस्यहरुले व्यक्तिगत सहयोग गरी फर्निचर उपलब्ध गराइएको क्लबका प्रेसिडेन्ट इलेक्ट भुवन सिं कुंवरले परिवर्तन खबरलाई बताए ।

फर्निचर हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष शालिकराम अधिकारी, रोटरी डिस्ट्रिक ३२९२ का एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदी, नि–वर्तमान अध्यक्ष हर्क साउद, पूर्व अध्यक्ष चुम्बनजंग शाही, गोपाल पोखरेल, प्रेसिडेन्ट इलेक्ट भुवन सिं कुंवर, रो गणेश सुवेदी, बूढानीलकण्ठ नगरपालिका वडा.नं. १२ का अध्यक्ष शम्भू भट्टराई, बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद पण्डित, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्ट्रयाक्ट क्लबका सल्लाहकार ध्रुव प्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

इन्ट्रयाक्ट क्लब पशुपति अफ बाल उद्धार स्कुलको अध्यक्षमा आस्था घिमिरे निर्वाचित

रोटरी कम्युनिटी क्रप्स पशुपतिको अध्यक्षमा राजन प्रसाद रेग्मी निर्वाचित

प्रतिक्रिया दिनुहोस्