अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई उपरीक्षक निलम्बित



काठमाडौं । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा गृह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी)लाई निलम्बन गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसपछि मन्त्रालयले बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरेको हो ।

केन्द्रीय प्रहरी एसएसपी वसन्त कुँवरले गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि निलम्बन गरेर छानबिन थालिएको बताए ।

उनका अनुसार एसपीद्वयमाथि छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकार प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्