प्रहरी परिसर काठमाडौँमा एस.एस.पी. अशोक सिंहको इन्ट्रि



काठमाडौँ प्रहरी परिसरमा ७ महिना अगाडी परिसर सम्हालेका श्याम ज्ञवालीको १ बर्ष नपुग्दै गृहले भर्खरै गरिएको सरुवामा एस.एस.पी अशोक सिंहलाई खटाएको छ ।

आजमात्र टेकु प्रहरी परिसर पुगि कार्यभार सम्हालेका सिंहले उपत्यकामा कुनैपनि प्रकारका अपराधिक कृयाकलापसँग संलग्न जो कोहीलाई पनि आफूले नछोड्ने बताएका छन् । पदभार सम्हाले लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै सिंहले कुनैपनि राजनीतिक दबाब, आर्थिक दबाब र प्रलोभनमा नपरी देश र जनताको सुरक्षाको निम्ति आफू र आफ्नो सम्पूर्ण टिमहरु लागि पर्ने बताएका छन् ।

नेपाल प्रहरीमा उच्च छवि, स्वतन्त्र र निष्ठापूर्वक काम गर्दै आएका सिंह यो भन्दा पहिले सोह्रखुट्टे, दरबारमार्ग र विभिन्न अन्य जिल्लाहरुको कमाण्ड इन्चार्ज सम्हालिसकेका सिंहको एस.एस.पी भएपश्चात उपत्यका प्रहरी परिसरको इन्चार्ज भने पहिलोपटक सम्हालेका हुन् ।

दरबारमार्ग र सोह्रखुट्टे जस्ता लाभ लिन सकिने ठाउँमा बसेर पनि कुनै लाभ नलिएको र गुन्डागर्दीमा संलग्न हालका प्रदेश माननीय दिपक मनाङ्गे, कुमार घैटे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रेजस्ता नामुक नाम चलेका गुन्डाहरुलाई समेत तह लगाएको एक प्रहरी अधिकारी बताउँछन् ।

“मैले जुन जुन ठाउँमा कमाण्ड सम्हाले ती ठाउँहरुमा कुनैपनि राजनीतिक दबाबमा नपरेर मैले देश र जनताको निम्ति काम गरेर आएको एक सिपाही हुँ । मैले जे गर्छु देश र जनताको निम्ति मात्र काम गर्छु” । अशोक सिंह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्