एक चुम्बन सिन दिएका कारण १० बर्षसम्म रोकिएको थियो रेखाको यो फिल्म…




आजभोली प्राय बलिउड चलचित्रमा थोरै भएपनि इन्टिमेट सिन राखिएको हुन्छ । बोल्ड सिन राख्दा चलचित्र हिट हुन्छ भन्ने मानसिकता चलचित्र निर्माता निर्देशकको रहेको हुन्छ भने कलाकारले पनि बिना हिचकिटाहट त्यस्ता सिनहरु दिएका हुन्छन् ।

तर यो परिवर्तन बलिउड चलचित्रमा आएको धेरै समय भएको छैन । पहिले पहिले चुम्बनको दृश्य राख्दा मात्र पनि चलचित्र हलमा प्रदर्शन गर्न मिल्दैनथ्यो । बलिउडकी सदावहार नायिका रेखाको यसै कारणले एक चलचित्र रिलिज हुन सकेको थिएन ।

सन् १९६९ मा रेखाले फिल्म ‘अंजाना सफर’ मा मुख्य भूमिका निभाएकी थिइन् । उनीसँगै भूमिकामा थिए बिस्वजीत । फिल्मको एउटा सीनमा रेखाले बिस्वजीतलाई चुम्बन गरेकी थिइन् । जसको कारण रेखा निकै चर्चामा आइन् र उक्त सीनका कारण फिल्ममाथि सेन्सर बोर्डमा मुद्दा दर्ता भयो र फिल्म रिलीज भएन ।

त्यसपछि फिल्म १० वर्षपछि मात्रै सन् १९७९ मा रिलीज गरियो ।

प्रतिक्रिया दिनुहोस्