साउथ स्टार महेश बाबुले बाढी पिडितको लागि गरे १ करोड सहयोग




महेश बाबु दक्षिण भारतका बहुचर्चित अभिनेता हुन् । उनको क्रेज लोभलाग्दो रहेको छ । उनै महेश बाबुको यतिबेला सामाजिक सञ्जालमा निकै नै प्रशंसा भैरहेको छ ।

उनले बाढीपिडितको लागि १ करोड सहयोग गरेको भारतीय मिडियाले जनाएको छ । उनले सहयोग गरेको जानकारी ट्वीटरमार्फत दिएका छन् । उनले सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

बाढीका कारण तेलंगाना राज्यको जनजिवन प्रभावित भएपछि उनले सो सहयोग प्रदान गरेका हुन् ।

यस अगाडि पनि महेशले कोरोना भाइरस महामारीका लागि चिफ मिनिस्टर फन्डमा एक करोड रुपैयाँको समेत दान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्