इरफानको चिहानको तस्बिर भाइरल भएपछि इरफानकी श्रीमतीको आलोचना, दिइन् यस्तो जवाफ…



गत अप्रिलमा बलिउडका दिग्गज अभिनेता इरफान खानको निधन भयो । उनको निधनले उनका शुभचिन्तक निकै नै भावुक भए । अझैपनि उनका फ्यानले उनलाई सम्झिरहेका छन् । यसैबिच हालैमात्र इरफानको चिहानको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । यसमा इरफानकी पत्नीले लामो जवाफ दिएकी छिन् ।

तस्वीरमा इरफानको चिहान निकै खराब हालतमा देखिएको छ । जसमा दुखः दर्शाउदै मोनिका मुखर्जी नामक प्रशंसकले इरफान पत्नी सुतापा सिकदरलाई चिहानको हालतको जिम्मेवार भनेकी थिइन् ।

उनले जवाफमा भनेकी छिन्, महिलालाई चिहान (कब्रिस्तान)मा जाने अनुमति हुदैन । त्यसैले मैले रातकी रानी फूल इगतपुरीमा लगाएको छु । जहाँ उनको स्मृति पट्टिका समेत लागेको छ । त्यहि मैले उनको अन्य उनका मनपर्ने सामाग्री समेत विर्सजन गरेको छु । त्यस स्थानमा म कसैको रोकटोक बिना घण्टौं बस्न सक्छु । उनको आत्मा त्यहि छ । तर यसको मतलब यो होइन उनको चिहानलाई त्यतिकै छाडिदिउ । बर्षामा जंगली झार उम्रिन्छन् । चिहान आसपासका ति झार मलाई सुन्दर लागे ।

सुतापाको जवाफपछि इरफानका फ्यान खुसी भएका छन् र उनको जवाफमा सन्तुष्टि पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्