‘कौन बनेगा करोडपति’ (केबिसी) मा अमिताभले सोधे नेपाल–भारत सम्बन्धित यस्तो प्रश्न, प्रतियोगीले दिन सकेनन् जवाफ



केहीदिन अघि प्रशारित कौन बनेगा करोडपति (केबिसी) मा अमिताभ बच्चनले एक प्रतियोगीलाई २५ लाखको लागि नेपाल र भारतसँग सम्बन्धित प्रश्न गरेका थिए ।

अमिताभ बच्चनले नेपाल–भारत सम्बन्धबारे सुगौली सन्धिसँग सम्बन्धित प्रश्न गरेका थिए। उनले नेपाल र भारतको सीमा निर्धारण गरिएको प्राकृतिक नदी कुन हो भनेर सोधेका थिए।

मल्टिपल च्वाइसमा गण्डक, कोशी, काली र सोन राखिएको थियो। सहभागीले शुरुमा कोशीमा अन्दाज गरे। त्यसपछि गण्डकमा अन्दाजी उत्तर दिएर लक गर्न भने।

अमिताभले बच्चनले २–२ पटकसम्म यसमा टिक लगाइदिउँ भनेपछि ती प्रतिस्पर्धीले जवाफ नदिइकन साढे १२ लाख लिने घोषणा गरे र त्यस प्रश्नको जवाफ नै दिएनन् । यस प्रश्नको वास्तविक उत्तर भनेर काली भएको अमिताभले बताए । 

प्रतिक्रिया दिनुहोस्