स्वर्गीय केशव भट्टराईको परिवारलाई रकम हस्तान्तरण गरिएको छ ।
पूर्व चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा कलाकार केशव भट्टराईको निधनपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्येश्यका साथ गठन भएको स्वर्गीय केशव भट्टराई परिवार सहयोग समितिले उनको परिवारलाई ३४ लाख रुपैँयाा हस्तान्तरण गरेको हो ।
केशवको परिवारलाई देश तथा विदेशबाट सहयोग रकम आएको छ ।
यस्तै विदेशमा रहेका चलचित्रकर्मीहरु नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, ऋचा घिमिरे, दिलिप रायमाझी, जल शाह, सारङ्गा श्रेष्ठ, राजवल्लभ कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामा लगायतका कलाकारहरुले सहयोग पठाएका छन् ।