भारतीय अभिनेत्री पायल घोषले फिल्म निर्देशक अनुराग कश्यपलाई यौन उत्पीडनको आरोप लगाएपछि यसबारे हाल मुम्बई प्रहरीले छानबिन गरिरहेको छ । अनुरागले पायलले आफूमाथि झुटो आरोप लगाएको बताएका थिए ।
तर मुम्बई प्रहरीले भोलि उनलाई सोधपुछको लागि बोलाएको छ । पायलको उजुरीको आधारमा अनुरागसँग सोधपुछ गर्न लागिएको हो । यस्तै पायलले अनुरागको विरुद्धमा उजुरी दिएदेखि आफ्नो ज्यानको खतरा भएको भन्दै सुरक्षाको माग गरेकी छिन् ।
त्यतिमात्र नभएर पायलले अनुरागलाई तुरुन्त गिरफ्तार नगरेमा आफू भोक हड्ताल गर्ने चेतावनी पनि दिएकी छिन् । अनुराग र पायलको केस दिनप्रतिदिन चर्कदै गएको छ ।