केहीसमय अघि बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । पायलले बाथरुममा लगेर अनुरागले आफूलाई नराम्रो भिडियो देखाएको बताएकी थिइन् ।
बलिउडका केही अभिनेत्रीहरु पायलको पक्षमा उभिएका पनि थिए । अहिले उनै पायलले अनुरागलाई यौन शोषणको आरोप लगाएपछि आफ्नो ज्यानको खतरा भएको बताएकी छिन् ।
पायलले आफूलाई ज्यान मार्ने धम्की आएको बताएपछि यस केसलाई गम्भिर रुपमा हेर्नको लागि महाराष्ट्रलाई अनुरोध गरेकी छिन् । पायलले यौन शोषणको आरोप लगाएपछि अनुरागले आफूले पायललाई नराम्रो भिडियो देखाएको स्वीकारेका थिए ।