‘सुशान्तसँग गहिरो प्रेममा थिए, उनले विश्वासघात गरेर ब्रेकअप भयो’– साराअली खान



ड्रग्स केसमा नाम जोडिएपछि एनसिबीले नायिका साराअली खानलाई सोधपुछ गरेको थियो । ५ घण्टासम्म गरिएको सोधपुछबाट धेरै कुरा बाहिर आएको छ । साराले कुनै समयमा आफू सुशान्तको प्रेममा भएको स्वीकारेकी छिन् ।

तर सुशान्तले विश्वासघात गरेपछि यी दुई अलग भएका थिए । चलचित्र केदारनाथ को छायांकनको क्रममा एकअर्कासँग नजिकिएका सारा र सुशान्त गहिरो प्रेममा थिए । यतिसम्मकी त्यस समयमा सारा सुशान्तको घरमा नै बस्न थालेकी थिइन् ।

सारा र सुशान्त होलिडे मनाउनको लागि थाइल्याण्ड समेत गएका थिए । सुशान्तको फार्महाउसमा समेत सारा जाने गरेकी थिइन् । तर उनले सुशान्तले अरुलाई नै प्रपोज गर्ने तयारी गरिरहेको थाहा पाएपछि सन् २०१९ को जनवरीदेखि उनीबाट टाढा भइन् ।

साराले केदारनाथ को सुटिङको समयमा सुशान्तले ड्रग्स लिने गरेको तर आफूले भने कहिल्यै पनि ड्रग्स नलिएको खुलाएकी छिन् ।  

प्रतिक्रिया दिनुहोस्