मलमासको समयमा दम्पतीहरु किन छुटिएर बस्नु पर्छ ? मलमासमा यौन किन बन्देज छ ? (भिडियो सहित)



काठमाडौं । आउदो असोज २ गतेदेखि मलमास सुरु हुँदै छ । एक महिनासम्मको समयलाई अधिक मास भनिन्छ । अधिकमास अर्थात मलमासको बेला विवाहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने मान्यता भएकाले नयाँ दुलहीहरु माइत जान्छन् । आखिर मलमास के हो त ? यसलाई अन्य महिनाहरुभन्दा किन फरक तरिकाले हेरिन्छ ? अधिक मास किन पर्छ त ?

अधिक मासलाई मलमास, पुरुषोत्तम महिना जस्ता नामहरुले पनि बुझिन्छ । हिन्दु धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको बेला नयाँ घर सर्ने, जग राख्ने, विवाह, व्रतबन्ध, जस्ता शुभकार्यहरु हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।

यो बेला गर्भ रहन गयो भने बच्चा स्वस्थ्य जन्मीदैन भन्ने बिश्वास भएकाले मलमासको बेला शारिरिक सम्पर्क गर्न समेत बन्देज गरिएको छ । नव दम्वतीहरु त्यसकारणले पनि यो बेला माइृत जाने वा छुटिएर बस्ने गरेको पाईन्छ । के हो अधिक मास वा मलमास । ज्यो.प. पुण्य प्रसाद पौडेल संग गरिएके कुराकानी हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्