छिमेकमा आउँछौ किन ?



१३ जेठ २०७७, काठमाडौं

जन्मभूमि प्यारो हुन्छ, सिमानामा आउँछौ किन ?
नहेरेर घरकी आमा, छिमेकमा आउँछौ किन ?

धेरै पटक हारिसक्यौं, फेरि मच्चिएको किन ?
बारम्बार सताउन, छिमेकमा आउँछौ किन ?

जमिन चोरी, महाशक्ति बन्न कस्सिएको किन ?
विस्तारवादी कदम बोकी, छिमेकमा आउँछौ किन ?

र्हेर्दाहेर्दै ऋषि मन, खस्किएको किन ?
लोभी, पापी, स्वार्थी बनी छिमेकमा आउँछौ किन ?

संकटमा भूमि लुट्न, लस्किएको किन ?
नभईकन तथ्य, प्रमाण, छिमेकमा आउँछौ किन ?

गणेशकुमार मिश्र
(प्राचार्य )
त्रि-ज्योति मा. बि.

प्रतिक्रिया दिनुहोस्