थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९९ : स्वास्थ्य मन्त्रालय



२४ वैशाख २०७७, काठमाडौं

नेपालमा थप १७ जना कोभिड १९ (कोरोना भाइरस) संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित कोरोना ब्रिफिङ्गमार्फत् बुधबार (आज) सो कुराको पुष्टि गरेका हुन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्